‘चुनाव जित्ने अनि थन्किएर बस्नका लागि संगठनमा नआएको राम्रो’
२०८१ फागुन १६ गते शुक्रवार
- शुक्रवार पार्टी कार्यालयमा शपथ ग्रहण समारोहमा बोल्दै उनले जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्न पार्टीका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्न संगठन आवश्यक रहने बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले चुनाव जित्न, नेता उत्पादन गर्न र त्यसपछि थन्किएर बस्न संगठन आवश्यक नभएको बताएका छन् ।
शुक्रवार पार्टी कार्यालयमा शपथ ग्रहण समारोहमा बोल्दै उनले जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्न पार्टीका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्न संगठन आवश्यक रहने बताएका हुन् ।
उनले भने, ‘हामीले हाम्रो जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्नको लागि खुल्ला छाड्ने छौं । साथै संगठनका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्नको लागि संगठन आवश्यक छ । संगठन मात्र चुनाव जित्ने, नेता उत्पादन गर्ने र त्यसपछि थन्किएर बस्नका लागि संगठन आवश्यकता छैन ।’
उनले पदमा बहाली रहेका सम्पूर्णको निगरानी गर्ने, पृष्ठपोषण गर्न, खवरदारी गर्न र त्यो कुरा सार्वजानिक गर्न जिम्मेवारी (रास्वपा) संगठनको रहेको बताए ।
यस्तै रास्वपा सांसद विराजभक्त श्रेष्ठले केही गरौ भनेर आएका युवालाई संसदमा बोल्न नदिने र बोलिरहदा माइक काट्ने गरेको बताए ।
रास्वपाले केन्द्रीय अधिवेशनलाई लक्षित गर्दै वडा अधिवेशन गरिरहेको छ । शुक्रवार निर्वाचित भएका काठमाडौंका वडा सभापतिहरुलाई सपथ ग्रहण समारोह आयोजना गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।